लोड हुँदैछ...

मेनु

तपाईँको धम्कीमा हाँस्नु कि रुनु ओली ‘बा’ ?

तपाईँको धम्कीमा हाँस्नु कि रुनु ओली ‘बा’ ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार युवा संघको एक कार्यक्रममा आफ्नाविरुद्ध लाग्नेलाई अरिङ्गाल भएर ध्वस्त पार्न आब्हान गरे । उनको आशय एमालेविरुद्धमा जो बोल्छ त्यसलाई भौतिक आक्रमण गर्नु भन्ने बुझ्न सकिन्छ । त्यस्तै एमालेविरुद्ध समाचार लेखेको भन्दै झापाकी पत्रकार बिनु सुवेदीलाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत् कुटपिट गर्ने धम्कि दिइन् । सो घटनाप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेरै विरोध जनाइसकेको छ ।

एमाले अध्यक्ष र भातृ संगठन अध्यक्षको एकै समयमा आएका अभिव्यक्तिबाट स्पष्ट हुन्छ अब नेकपा एमाले देशमा मुठभेडको स्थिति निम्त्याउान खोज्दैछ । अब ओलीको नेतृत्वमा एमालेले विचार, सिद्धान्त र लोकतन्त्रको राजनीति हैन सर्वसत्तावाद र पाखुराको राजनीति गर्ने कार्यदिशा अंगिकार गर्दैछ ! हैन भने यस्तो अभिव्यक्ति किन र केका लागि ?

हुन त एमाले अध्यक्षको अभिव्यक्ति एक्ले ढेडुको रुवावासी जस्तै नहोला भन्न सकिँदैन । आफ्नै दम्भ र गैरलोकतान्त्रिक चरित्रका कारण छँदाखाँदाको दुईतिहाई निकटको जनाधार गुमाएका उनलाई, नजिकिंदो निर्वाचनमा आउने अवस्थालेसमेत चिन्तित बनाएको होला ! कमल थापा, राजेन्द्र महतो र सिके राउतलगायतका नेताहरुको पार्टीसँग गठबन्धन भएर निर्वाचनमा जानुपर्दाको पीडा र निर्वाचनपछिको शर्मनाक हारको आक्रोशसमेत उनले दिने अभिव्यक्तिमा मिसिएको होला सायद ! तर, माफ गर्नुहोला ओली ‘बा’ यस्ता गैरजिम्मेवार अभिव्यक्तिले

अहिलेका आमनागरिक डरले रुनेवाला छैनन् अपितु उल्टै तपाईँ हाँसोको पात्र बन्नुहुनेछ ।लोकतान्त्रिक मुलुकमा व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर, वर्तमान अवस्थामा देशकै ठुलो पार्टीका नेतृत्वकर्ताबाट हाकाहाकी रुपमा भौतिक आक्रमण गर्नुस् भन्ने अभिव्यक्तिलाई यति सामान्य तरिकाले पनि हेर्न मिल्दैन । पार्टीको प्रमुख नेतृत्वबाटै आउने यस्ता अभिव्यक्ति उसका कार्यकर्ता र शुभचिन्तकका लागि निर्देशन सरहनै हो भनेर बुझियो भने गलत नहोला !

यदि नेकपामा एमाले त्यहि चाहन्छ भने उसलाई हेक्का हुनुपर्छ यो देश बिगत लामो द्वन्द्व पार गरेर शान्तिपूर्ण लोकतन्त्रको बाटोमा हिड्दै छ । देशमा धेरै सहिदहरुको बलिदानीबाट लोकतान्त्रीक शासन वेवस्था स्थापना भएको छ । लोकतन्त्रमा संविधान, कानुनको शासन, प्रेस स्वतन्त्रता, वैचारिक स्वतन्त्रता लगायतका कुरा आधारभूत मूल्य मान्यता हुन् । एउटा सामान्य नागरिकले पार्टीको विषयमा प्रश्न ग¥यो, उसले गरेका काम कारबाहीलाई पत्याएन, एउटा पत्रकारले वस्तुगत यथार्थलाई समेटेर समाचार लेख्यो भन्दैमा भौतिक आक्रमण गर्न निर्देशन दिन कुनै हालतमा मिल्दैन ।

एउटा कालखण्डमा नेपालको नेतृत्व गरिसकेको जिम्मेवार पार्टी र त्यसका अध्यक्षले मुडेवल, भौतिक आक्रमण र प्रत्याक्रमण जस्ता कुराहरु गर्नु देशको लोकतान्त्रिक व्यवस्थालाई ठाडो चुनौती दिनु हो । यस्ता अभिव्यक्ति दिनु भनेको देशको संविधान र कानुनलाई अवज्ञा गरिएको हो । यसले देशको शान्ति सु–व्यवस्थामा खलल पु¥याउँछ, यसतर्फ सुरक्षा निकाय र सम्बन्धित पक्षको ध्यानजान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।