धरानका व्यवसायी सुब्बामाथि बहुविवाहको आरोप, सुब्बा फरार

धरान । बहुविवाह गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएर पक्राउ पूर्जी जारी भएपछि धरानका व्यवसायी लेखीराज सुब्बा फरार भएका छन् ।

उनी फरार भएसँगै प्रदेश प्रहरी कार्यालय रानी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानसमेतको टोलीले उनको व्यापक रुपमा खोजी गरिरहेको छ । सुब्बाले आफ्नो कार्यालयमा कार्यरत एक महिला कर्मचारी भगाएर विवाह गरेको आरोप छ ।

लेखीराज सुब्बामाथि गत साउन १५ गते बहुविवाह गरेको कसुरमा इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता भएको छ । उनी विरुद्ध जाहेरी दर्ता भएसँगै पक्राउ पर्ने डरले उनी फरार रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बहुविवाहको अभियोगमा जाहेरी दर्ता भएर पक्राउ पूर्जी जारी भएपछि उनी फरार रहेको र प्रहरीले खोजी कार्यलाइ अगाडि बढाएको बताए ।

प्रदेश, जिल्ला र इलाका तहले समन्वय गरेर उनको खोजी प्रहरीले जनाएको छ । उनी धरान, बिराटनगर तथा आसपासकै क्षेत्रमा भएको पारिवारिक स्रोतले बताएको छ ।

शुक्रबार, ०७ असोज, २०७९, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर