मोरङमा ४ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय राखिने

विराटनगर । मोरङमा ४ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय राखिने भएको छ । जिल्ला निर्वाचन कार्यालय मोरङका अनुसार  क्षेत्र नम्बर १ को, उर्लाबारीमा, २ को रतुवामाई ३ को बेलबारीमा कार्यालय स्थापना गरिने भएको छ ।

क्षेत्र नम्बर ४,५ र ६ को भने विराटनगरमै स्थापना गरिने कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा तर्फ  मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशसभा तर्फ १२ वटा रहेका छन् । अघिल्ला निर्वाचनमा भने विराटनगरमा मात्रै निर्वाचन अधिकृतको कार्यालय राखिएको थियो ।

यस्तै निर्वाचन आयोगले यही असोज २० गतेभित्रमा सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।

शुक्रवार आयोगले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगमा दिनुपर्ने बताएका छन्।

त्यस्तै,कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई आयोगले आग्रह समेत गरेको छ।

शुक्रबार, ०७ असोज, २०७९, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर