विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा सहभागी हुने कार्यक्रममा पर्याय जसो केपी ओली हाइ हाई , केपी ओली आइलभ्यु ,केपी ओली जिन्दाबाद लगायतका नारा लाग्ने गरेका थिए ।
तर सोमबार बिहान एक्कासि ओलीको बालकोट स्थित घर अगाडि उनी विरुद्ध नाराबाजी भयो । १०/१२ वटा मोटरसाइकलमा अनुहार छोपेर आएका युवाले ‘केपी ओली मुर्दावाद’ नारा जुलुस गरे ।
बाल कोटमा ओलीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू पनि अलमलमा परे । गुणगान गर्ने कार्यकर्ता मात्रै घरमा आउने गरेको कार्यकर्ता मात्रै घरमा जाने गरेका थिए । यसरी प्रमुख प्रतिपक्षी दलका नेताविरुद्ध नाराबाजी गर्ने को थिए रु भन्ने सुरक्षा अधिकारीहरूले भेउ नै पाएनन् ।
घरबाट केही व्यक्ति बाहिर निस्किएर हेर्दा ती मोटरसाइकलको नम्बर प्लेट पनि स्पष्टसँग बुझ्न सकेनन् । दिउँसो पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयले घटनाबारे जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई जानकारी गराएको छ ।