विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ९ स्थित हनुमान मन्दिर उत्तरको मेनरोडबाट नगर प्रहरीले कपडा व्यापारी गोकुल आचार्यलाई पक्राउ गरेको छ ।
नगर प्रहरीले फुटपाथ माथि झुण्ड्याएको आचार्यको पसलको कपडा प्रहरीको गाडीमा हाल्न थालेपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा नगरप्रहरी र व्यापारीबीच भनाभन भएको थियो ।
सोही क्रममा प्रहरीले बल प्रयोग गरी आचार्यलाई नियन्त्रणमा लिएर गाडीमा जबर्जस्ती हालेको हो । स्थानीय व्यापारी बण्ठी गुप्ताले चाडबाडको बेला नगरप्रहरीले दुःख दिइरहेको बताए । ‘हामीले कपडा माथि झुण्ड्याएका थियौं । फुटपाथ माथिको सामान हटाएका पनि छौं,’ गुप्ताले भने, ‘तर, नगरप्रहरीले नम्बरी जग्गामा बनेको घरको छतमा झुण्ड्याएको कपडा पनि हटाउ भन्छ, पटकपटक गनगन गरिरहेको छ । अरुबेला आएको छैन यो दशैं, चाडपर्व भएपछि मात्रै आउने हो ।’
उनले नगरपालिकाको कुनै सिस्टम नै नभएको बताए । ‘चाडपर्वको बेला छ, यो बेलामा जबर्जस्ती गर्नुत हुँदैन नि,’ उनले भने, ‘कपडा उतार्दै गाडीमा राख्न थालेपछि विवाद बढ्यो ।’ अर्का व्यापारी अर्जुन साहले फुटपाथ बाहेकका स्थानमा राखेको कपडा पनि प्रहरीले उठाउँदै हिंड्न थालेपछि आफूहरुले विरोध गरेको बताए । ‘लिगल ठाउँमा राखेको कपडाहरू निकाल्दै गाडीमा हालेपछि हामीले विरोध गरेका हौं । अतिचार भएको छ । धकेलाधकेल भयो । हानाहान पनि भयो,’ उनले भने ।
यो राम्रो होइन !
सचेत नगरप्रहरी
Festival ma xoar denu paro saday la highlights gardaina festival ma tw ho