विराटनगर । सरकारले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि आजदेखि म्यादी प्रहरीमा आवेदन खोलेको छ। ३० भदौदेखि असोज ६ गते सम्म आवेदन दिन सकिनेछ।
त्यसपछि छनोट प्रक्रिया शुरू हुनेछ। देशका ७७ वटै जिल्लामा १८ देखि ५४ वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन्।
यस पटक एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न लागिएका छन्। ४० दिने म्यादी प्रहरीले एकमुष्ट ३० हजार २४० रुपैयाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै, पोशाक बापत ६ हजार, राशन बापत सात हजार २०० र एक पटकका लागि सवारी खर्च बापत एक हजार पाउनेछन्।
आवेदन खुलेसँगै तोकिएका प्रहरी कार्यालयहरूमा इच्छुक व्यक्तिहरूको भिड लागेको छ। म्यादी प्रहरीका लागि आवेदन खुलेसँगै जिल्ला प्रहरी कार्यालय मोरङमा आवेदन दिनेको भिड देखिएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।