दमक । झापाको दमकमा बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा तीन जना पक्राउ परेका छन् । कामना सेवा विकास बैंकमार्फत चलन चल्तीको मोलभन्दा अधिक धितो मूल्याकंन गरी करोडौँ रुपैयाँ अनियमित रूपमा कर्जा लिने र दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैंकका तत्कालीन एक नम्बर प्रदेश प्रमुखसमेत रहेका सुजन छाराहाङ्ग राई र अन्य दुई जना ऋणी छन् । उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

राईले कामना सेवा विकाश बैंकको दमकसहित आफू मातहतका शाखाहरूलाई धितो मूल्याकंन चलनचल्तीभन्दा बढी कायम गरी कर्जा प्रवाहका लागि दबाब दिने गरेका बताइएको छ । सो कसुरमा संलग्न अन्य आरोपितहरू भने फरार भएको बताइएको छ ।यस विषयमा अहिले थप अनुसन्धान भइरहेको छ । यस विषयमा दमक प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।