विराटनगर । विराटनगरका युवा व्यवसायी सुमन प्रसाईँले आफ्नो जन्मदिनको अवसर पारेर मानव सेवा आश्रममा खाद्यान्य सहयोग गरेका छन्। आइतबार परेको जन्मदिनमा प्रसाईले विराटनगरमा रहेको आश्रममा खाद्यान्य र फलफुल बितरण गरेका हुन् ।

हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, युवा व्यवसायी प्रसाईँले फजुल खर्च नगरी आफ्नो जन्मदिन आश्रम पुगेर जन्मदिन मनाएका हुन् ।

उनले मानव सेवा आश्रममा पुगेर खाद्यान्न, फलफूललगायत ३५ हजार मूल्य बरावरको सामाग्री वितरण गरे । आश्रममा रहेका रहेका बालबालिका र ज्येष्ठ नागरिकहरूलाई फलफूल र भोजन पनि गराए ।

उनले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष यसरी मनाउँदै आएका छन् । मानव सेवा आश्रमले सडकमा जीवन बिताउँदै आई रहेका मानिसहरूलाई सेवा पु¥याउँदै आइरहेको छ । उक्त आश्रमले अर्ध चेत अवस्थाका आमाबुवा हेरचाह गर्दे आएको छ ।

हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी गर्नुभन्दा पनि त्यही खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको उनले बताए । युवा व्यवसायी प्रसाईँको विराटनगरमा सितराम फुड्स एन्ड प्याकेजिङ्ग उद्योग रहेको छ ।
उनले यसअघि पनि बाढी पीडितहरूलाई सहयोग गर्दै आएका छन् ।