विराटनगर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाइ विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
विराटनगरमा सम्पन्न भएको निर्वाचनमा न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तायोनाथ काफ्ले, स–सचिवमा आशीराम राजवंशी, कोषाध्यक्षमा हृदयकुमार राजवंशी र सह कोषाध्यक्षमा हरे राम यादव निर्वाचित भएका हुन् ।
त्यसैगरी, तारा भण्डारी, आसनारायण चौधरी, सन्तोषकुमार पूर्वे, पुष्पराज थापा, सद्दाम सोफी, देवीका भट्टराई चौहान र नीरज यादव सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकेन्द्र ढकालले जानकारी दिए ।

