विराटनगर । तेली कल्याण समाज नेपालको अध्यक्षमा डा. बालकृष्ण साह निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा भएको समाजको पाँचौँ मोरङ जिल्ला अधिवेशनबाट डा। साहको अध्यक्षमा १५ नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा हरि प्रसाद साह, सचिवमा सुनिल कुमार साह, सह–सचिवमा सावित्री देवी साह, कोषाध्यक्षमा रोहित कुमार साह रहेका छन् । यस्तै सदस्यहरूमा डा शिवशंकर साह, मनोज कुमार साह, रवीन्द्र प्रसाद साह, धर्मचन्द्र कुमार साह, दयानन्द साह, अरुण कुमार साह, अरुणा देवी साह, पीँकी कुमारी साह, शत्रु धन साह, र मिरा देवी साह रहेका छन् ।
नवगठित कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले ११ जना सल्लाहकार र ६ जना थप सदस्यहरू मनोनयन गरेर २१ जनाको कार्यसमिति बनाएको छ । सल्लाहकारहरूमा नरेन्द्र प्रसाद साह, अजय कुमार साह, जुगेश्वर प्रसाद साह, मनोज कुमार साह, बिन्देश्वर साह, शन्जु कुमारी साह, महेश कुमार साह, भूपेन्द्र कुमार साह, दीपेन्द्र साह रहेका छन् । मनोनयन गरेका ६ जना सदस्यहरू गणेश साह, ऋषि शेठ, उचित नारायण साह, हिरालाल साह, श्रीप्रसाद साह र राम परी देवी साह रहेका छन् ।
अधिवेशनमा विराटनगरको माडवाडि सेवा सदनमा जिल्ला भरिका ६०० जना भन्दा बढी तेली जातिका सदस्यहरूको उपस्थिति रहेको थियो । केन्द्रीय महासचिव इन्जिनियर राजदेव साहको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता नरेन्द्र प्रसाद साहले गरेका थिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।