लोड हुँदैछ...

मेनु

उपहार ब्राण्डको दाल बजारमा

उपहार ब्राण्डको दाल बजारमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ५ मा रहेको उपहार दाल उद्योगले उपहार ब्राण्डको दाल बजारमा ल्याएको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी उक्त दाल बजारमा बिक्री गर्न थालेको हो ।

उद्योगी एवं संघीय सांसद मोति दुगडले दालको बिक्री वितरणको उद्घाटन गरे । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको पनि उपस्थिति रहेको थियो ।

२०७८ सालमा बुढीगंगा ५ मा ३० कठ्ठा क्षेत्रफलमा करिब ५० करोडको लगानीमा उद्योग सञ्चालनमा आएको हो । उद्योगले मुसुरो दाल, मुङको दाल, मास दाल, केराउको दाल आदि प्रशोधन र प्याकेजिङ गरी बजारमा बिक्री गर्न थालेको जनाएको छ ।
उद्योगले नेपालसहित अष्टे«लिया, भियतनाम, युक्रेनलगायतका देशहरुबाट दाल ल्याएर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको जनाएको छ । विराटनगरका उद्योगीहरु चन्दन जैन, पंकज

दुगड र सचिता जैन उद्योगका सञ्चालक हुन् । उद्योगले पहिलो चरणमा २५ किलोको प्याकेट बिक्रीका लागि बजारमा पठाएको छ ।
दोस्रो चरणमा उपभोक्ताहरुको सहजताका लागि एक केजीको प्याकेटमा पनि उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।