विराटनगर । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले रक्तदान गरेर पार्टी पुनर्गठन दिवस मनाएको छ ।
बिहीबार विराटनगरको ट्राफिक चोकमा कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको थियो ।
नेपालमा देखिएको रगतको कमीलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान गरी दिवस मनाएको नेकपा (एस) मोरङका अध्यक्ष चन्द्र वीर राईले बताए ।
नेपाल रेडक्रस सोसाइटिको सहकार्यमा रक्तदानको कार्यक्रम आयोजना गरिएको हो ।
दिवसकै अवसरमा सो पाटीले साँझ महेन्द्र चोकमा दीप प्रज्वलन समेत गरेको छ । दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै पोलिडब्युरो सदस्य महेश रेग्मीले पाटी निर्वाचनमा होमिएकोले कार्यकर्ताहरूलाई चुनावी अभियानमा खटिन समेत आग्रह गरेका छन् ।
सोही कार्यक्रममा विभिन्न पाटी परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको मोरङकी उपसचिव निलम ढुङ्गेलले वताइन ।
मोरङका १७ ओटै पालीकामा पुनर्गठन दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको नेकपा एस मोरङले जनाएको छ ।


