विराटनगर । मोरङको विराटनगर महानगरपालिका–२ का वडाध्यक्ष कुमार पोख्रेल पेसाले निर्माण व्यवसायी हुन् । एमालेबाट दोस्रोपटक जितेका पोख्रेल केपी निर्माण सेवाका सञ्चालक हुन् ।

विराटनगरकै वडा नम्बर –५ का वडाध्यक्ष सन्तोष न्यौपाने पनि निर्माण व्यवसायी नै हुन् । नेपाली काँग्रेसबाट निर्वाचित न्यौपाने युरीका मुनाल निर्माण सेवाका सञ्चालक हुन् ।

मोरङकै सुनवर्सी नगरपालिकाका–२ जना वडाध्यक्ष पनि निर्माण व्यवसायी हुन् । सोही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष अतन कुमार बुढाथोकी (कुमार) र ८ का वडाध्यक्ष अनवर मियासँग निर्माण व्यावसायको इजाजत पत्र छ ।अतन बुढाथोकी निर्माण सेवा प्रालिका सञ्चालक हुन् भने अनवार निर्माण सेवाका सञ्चालक हुन् । बुढाथोकी एमालेबाट निर्वाचित भएका हुन भने मिया कांग्रेसबाट निर्वाचित भएका हुन् ।
यी त केही प्रतिनिधि पात्र मात्रै हुन्, प्रदेश १ मा धेरै जना ठेकेदार जनप्रतिनिधिहरु छन्, जसलाई जनताले चुने । तर, जननिर्वाचित उनीहरुले आफ्नो स्वार्थ अनुकूल काम गर्ने चिन्ता बढाएको विज्ञहरु बताउँछन् ।

निर्माण व्यवसायी नै जनप्रतिनिधि भएपछि जनताका समस्यामा भन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्ने हुन् कि भन्ने प्रश्न खडा हुने गरेको अर्थविद्हरुको भनाइ रहेको छ । ‘जनताको काम गर्ने, जनताका गुनासा र समस्या समाधान गर्ने काम जनप्रतिनिधिले गर्नुपर्छ’, अर्थविद्, डा.अर्जुन बरालले भने ‘उहाँहरू निर्वाचित हुनुभन्दा अगाडिकै पेसा जसरी नै काम गर्छु भन्ने अवस्थामा जानुभयो भने यसको प्रतिफल राम्रो आउँदैन ।’ पारदर्शिता माथि पनि प्रश्न उठ्ने गरेको उनको भनाइ रहेको छ ।

‘उहाँहरुले नराम्रो काम गर्नु हुँदैन होला तर शंका गर्ने ठाउँ प्रश्स्त हुन्छन् । निर्माण व्यवसायी बिज्ञ होइनन् । व्यावसायिक भएकाले जनप्रतिनिधि भएपछि पनि मन त्यतै लाग्नसक्छ । सवैले खबरदारी पनि गरिरहनु पर्छ’ उनले भने ।

प्रदेश १ मा प्रशस्त संख्यामा निर्माण व्यवसायीहरु निर्वाचित भएका आएका छन् । सङ्खुवासभाको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नर्बु शेर्पा पनि निर्माण व्यवसायी नै हुन् । नेपाली काँग्रेसबाट निर्वाचित भएका उनी अरुण वरुण निर्माण सेवा प्रालिका सञ्चालक हुन् । इलामको रोङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित मणिकुमार स्याङ्बो पनि स्याङ्बो बिल्डर्सका सञ्चालक हुन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् ।
उदयपुरको त्रियुगा नगरपालिकाको मेयर सहित ३ जना वडाध्यक्षसँग निर्माण व्यसायको इजाजत पत्र रहेको छ । मेयर वसन्तकुमार बस्नेत सहित १० ,११ र १२ का वडा अध्यक्षसँग निर्माण व्यवसायको अनुमति पत्र रहेको छ । मेयर बस्नेत इन्द्रेणी इन्फ्रास्ट्रक्चरका सञ्चालक हुन् । उनी काँग्रेसबाट निर्वाचित हुन् । तीन जना वडाध्यक्षहरू सुमन्त कोइराला, किरण पाण्डे र चुणाराम काफले रहेका छन् । कोइराला ११ का वडा अध्यक्ष हुन् भने पाण्डे १० का र काफ्ले १२ का हुन । एमालेबाट निर्वाचित भएका पाण्डे यम्बर कन्स्ट्रक्सन सञ्चालक हुन । काँग्रेसबाट निर्वाचित भएका कोइराला चन्दन कन्स्ट्रक्सनका सञ्चालक हुन् भने काग्रेसबाटै निर्वाचित काफ्ले सगरमाथा निर्माण सेवाका सञ्चालक हुन् ।

उदयपुरकै रौतामाई नगरपालिकाका दुई जना वडाध्यक्ष पनि निर्माण व्यावसायी हुन । ३ का वडा अध्यक्ष मनोज कुमार राना मगर नवसुजल निर्माण सेवा र ७ का वडाध्यक्ष दीपेन्द्र दाहाल विश्व शिखर निर्माण सेवाका सञ्चालक हुन । दुवै जना एमालेबाट निर्वाचित भएका हुन् ।

कमल गाउँपालिकाका वडा सदस्य एंगल गुरुङ पनि निर्माण व्यवसायी हुन् । नेकपा एमालेबाट निर्वाचित उनी इक्वेटर कन्स्ट्रक्सनका सञ्चालक हुन् । ओखलढुङ्गा वडा नम्बर ११ का वडाध्यक्ष विनोद ताम्राकार शुभलक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक हुन् । उनी काँग्रेसबाट निर्वाचित भएका हुन् ।
२०७४को निर्वाचनमा देशभरबाट ७ सय जना निर्माण व्यवसायी निर्वाचित भएका थिए । उनिहरुलाई निर्माण व्यासायि महांसघले सम्माननै गरेको थियो । २०७९को निर्वाचनमा निर्वाचित हुने निर्माण व्यावसायिक पनि जिल्ला–जिल्लाबाट महांसघले तथ्याक संकलन गरिरहेका