इलाम । चियाको गुणस्तर सुधारमा उद्योगहरु जिम्मेवार नबन्दा बजारमा पटक पटक समस्या आउने गरको छ । इलामको सूर्योदय नगरपालिकाका किसान जीवन कार्कीले गुणस्तरहीन चिया खरिद गर्ने मापदण्डमा उद्योगहरुबीच अस्वस्थ प्रतिस्पर्धा चल्नाले समस्या आउने गरेको बताउँछन् । ‘एउटै किसानले उत्पादन गरेको चिया एउटा उद्योगले गुणस्तरहीन देख्ने र अर्कोले गुणस्तरीय देख्ने समस्याले हामी किसानहरु मारमा छौं,’ उनले भने ‘यसले गुणस्तरीय चिया उत्पादन गर्न बाधा पुगिरहेको छ ।’
किसानले लगेको चिया कुनै उद्योगले राम्रो छैन भनेर फिर्ता गर्दे गर्दा अर्को उद्योगले डाँक्लैसँगको चिया पनि गुणस्तरीय भनेर लिने परिपाटी अन्त्य नभएसम्म किसानले चियाको गुणस्तर नसुध्रने चिन्ता किसानहरुले व्यक्त गरेका छन् ।
सुर्योदय नगरपालिकाका चिया किसान तेजप्रसाद वस्ती चियाको क्वालिटी सुधार्न उद्योगले विशेष ध्यान दिनुपर्ने बताउँछन् । उद्योगले किसानहरुलाई गुणस्तर प्रवद्र्धनमा प्रशीक्षित नगर्ने हो र आफ्नै किसानहरुको समूह नबनाउने हो भने चियाको गुणस्तर सुधार गर्न नसकिने किसानहरुको भनाइ छ ।
चिया किसान जय राई गुणस्तर सुधार गरेर तेस्रो मुलुकमा चिया नपु¥याएसम्म चियामा सँधै समस्या आइरहने बताउँछन् । ‘पाँच छ वर्ष अघिदेखिनै भारतले चियामा कडाइ गर्दा पनि अहिलेसम्म गुणस्तर सुधार गर्न सकेनौं जसले पटक पटक समस्या सिर्जना गरिरहेको छ ।’सुर्योदयन गरपालिका वडा नं १० का वडाध्यक्ष तथा चिया समस्या समाधान समितिका संयोजक पेमा उगेन लामा चिया के हो भनेर किसान, उद्योगी र सरकारले बुझ्न जरुरी भएको भन्दै नेपालको चियामा कमजोरी देखाएर भारतले विश्वबजारमा एकाधिकार कायम गर्न खोजेको आरोप लगाए । उनले सबै मिलेर तेस्रो मुलुकसम्म चिया पु¥याउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
चिया उद्योगी डिल्ली श्रेष्ठले समस्या आएपछि उद्योग र किसानलाई दोष लगाउनु भन्दा पनि सबै मिलेर चियाको गुणस्तरमा सुधार गर्नु पर्ने बताए । त्यस्तै उद्योगी पुनम राईले मेसिनले चिया टिप्दा बगान व्यवस्थनमा कठिनाइ उत्पन्न भएको बताए । मेसिनले चिया टिप्दा झारसमेत आउने गरेको र त्यसले गुणस्तरमा समस्या भएको उनको भनाइ थियो ।अहिले नेपालमा उत्पादन भएको चिया ९० प्रतिशत भारत जाने गरेको छ । किसानहरुले स्वदेशी चियाको खपत देशभित्रै बढाउनु पर्नेमासमेत जोड दिएका छन् ।
भारतले नेपाली चियालाई गुणस्तरीय नभएको भन्दै कर लगाउने तयारी गरिरहँदा गुणस्तरलाई सुधार्न ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् ।सूर्योदय टि प्रोड्युसर्स एशोसिएसनले चियामा देखिएको समस्या दिर्घकालीन रुपमा समाधान गर्नका लागि उद्योगी र किसानबिचको अन्र्तक्रियामा चिया खेती र उत्पादनमा सुधार गर्नुपर्ने विभिन्न विषयमा सुझाव दिएको थियो ।
चियाको राजधानी भनिएको सूर्योदयन नगरपालिकामा मात्र २६ हजार भन्दा बढी किसान चिया खेती र उद्योगहरुमा आधारित भएर जीविकोपार्जन गर्दै आएका छन् ।

