लोड हुँदैछ...

मेनु

बन्दको प्रभाव विराटनगरमा सामान्य 

बन्दको प्रभाव विराटनगरमा सामान्य 
विराटनगर  । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित ४  कम्युनिस्ट पाटीले गरेको नेपाल बन्दको प्रभाव विराटनगरको सडकमा परेको छैन । बिहानै देखी  सडकमा छोटा तथा लामा दुरीका सार्वजनिक तथा निजी सवारी साधनहरू निर्वाधरुपमा  गुडिरहेका छन् ।
 केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको,  नेता तथा कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको, एमसीसी, महँगी र राष्ट्रघाती सन्धि सम्झौताविरुद्ध चार दलले नेपाल बन्दको आव्हान गरेका हुन्
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्ण जित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको आवाहन गरेका हुन ।
विद्यालयहरू भने बिहानै देखि बन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।