लोड हुँदैछ...

मेनु

खर्च नबुझाउने उम्मेदवारलाई स्पष्टीकरण

खर्च नबुझाउने उम्मेदवारलाई स्पष्टीकरण

सोलुखुम्बु । स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४३१ उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
वैशाख ३० मा सम्पन्न चुनावमा ८०७ उम्मेदवारले भाग लिएपनि आधाभन्दा धेरैले निर्वाचन आयोगले तोकेको म्याद गुज्रँदासमेत चुनावी खर्च विवरण बुझाएका छैनन् ।

एक नगरपालिकासहित ८ स्थानीय तह रहेको सोलुखुम्बुमा पटक–पटक ताकेता गर्दासमेत खर्च विवरण बुझाउन अटेरी गरेकाले प्रष्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिए । उनीहरूलाई भाद्र ७ सम्म लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

अटेरी गर्ने उम्मेदवारलाई अब ४ दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनेको कार्यालयले जनाएको छ । उनका अनुसार अहिलेसम्म विवरण नबुझाउनेमा सोलुदुधकुण्ड नगरपालिकाका ११५, थुलुङदुधकोसी गाउँपालिकाका ५१, महाकुलुङ गाउँपालिकाका ५३, लिखुपिके गाउँपालिकाका ५६ र माप्य दुधकोसी गाउँपालिकाका ४३ जना छन् ।

सोताङ गाउँपालिकाका ३५, नेचासल्यान गाउँपालिकाका ४५ र खुम्बुपासाङल्हमु गाउँपालिकाका ३३ जना उम्मेदवारले आयोगले तोकेको ढाँचामा विवरण बुझाएका छैनन् । चुनाव खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।