लोड हुँदैछ...

मेनु

सुन्दरहरैचामा आगलागी हुँदा एक जनाको मृत्यु

सुन्दरहरैचामा आगलागी हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

सन्दरहरैचाको बेलपुरमा गएराति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका –११ का कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनि मजदुर हुन ।

प्रहरीका अनुसार श्रेष्ठ गिरीको घरमा रङ लगाउने काम गर्न त्यहीँ बस्ने गरेका थिए ।विद्युत सर्ट भएर आगलागी हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरसँगै रहेको गिरीको काठ मील समेत जलेर नष्ट भएको छ । आगलागीको क्षतिको विवरण भने नआइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।