झापा । चौतर्फी विरोध भएपछि सम्पत्ति तथा भूमिकर बढाउने निर्णय कार्यान्वय नगरी बिर्तामोड नगरपालिकाले पुरानै दररेटमा कर संकलन गर्न थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकले पुरानै करलाई यथावत राखेर केही समय अघि परिवर्तन गरिएको करको दर कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईंंको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाको ६ महिनाभित्र वर्गीकरण गरिसक्नुपर्ने भएकोले वर्गीकरण नगरेसम्म अघिल्लो आर्थिक वर्ष तोकिएको कर नै लिने निर्णय भएको जानकारी दिइन् ।
‘अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को आर्थिक ऐन अनुसारकै क्षेत्र र दरमा कर संकलन गर्ने निर्णय भएको छ’, नगर प्रमुख महतराले भने । नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि आफ्नो क्षेत्रभित्र लगाउने सम्पत्ति कर तथा भूमिकर आर्थिक ऐन २०७९ अनुसार कर संकलन सुरु गरेपछि यसको विरोध भएको थियो ।

