धनकुटा । बजारमा म्याद गुज्रेका खाद्य सामाग्रिहरु रहेको, मूल्य बढि लिएको गुनासो बढेपछि धनकुटामा बुधबार बजार अनुगमन गरिएको छ।

केही होटल, मिनी मार्केट, किराना पसल र डिलरहरुको अनुगमन गरिएको हो।

धनकुटामा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यलय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य संघ धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ भने मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत अंकित मग्रान्तिले बताए।

स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको समेत उनले बताए ।

धनकुटाका नगर र गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीब्र पारिएको प्रशासनले जनाएको छ।