विराटनगर । मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले कोशीको पश्चिम कटानका कारण प्रभावित भई विस्थापित भएकाहरुको लागि राहत प्रदान गरेका छन् ।
उदयपुरको बेलका नगरपालिकाका विस्थापित नागरिकहरुका लागि राहतस्वरुप संघ र संगठनले संयुक्त रुपमा ११०० केजी चिउरा र ६०० लिटर खानेपानी वितरण गर्न बेलका नगरपालिकाकाको विपत् व्यवस्थापन समितिलाई प्रदान गरेका हुन् ।
संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी र उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराईले संयुक्त रुपमा राहत हस्तान्तरण गरेका थिए । गएको साता उदयपुरको बेलकामा कोशीले धार परिवर्तन गरेर पश्चिमतर्फ प्रवेश गर्दा सयौं परिवार विस्थापित भएका छन् भने हजारौं जोखिममा छन् ।

