लोड हुँदैछ...

मेनु

धनकुटामा ६७७ उद्योग थपिए

धनकुटामा ६७७ उद्योग थपिए

धनकुटा । जिल्लामा ६७७ वटा नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्यांकअनुसार गत आव ०७८÷७९ को एक वर्षमा ६७७ वटा नयाँ उद्योग थपिएका हुन् ।

थपिएका नयाँ उद्योगमा ७४ करोड १३ लाख ३२ हजार ९ सय रूपैयाँ लगानी भएका छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता ४४ करोड ८९ लाख ३९ हजार १ सय १६ रूपैयाँ बराबरको छ ।

नयाँ उद्योगले १ हजार ८६३ जनालाई रोजगारी सिर्जना गरेको छ । जसमध्ये १ हजार २१ जना पुरुष र ८ सय ४२ जना महिला छन् ।
दर्ता भएका नयाँ उद्योगमा उत्पादनमूलक २४, कृषि तथा वनजन्य ३९६, पर्यटनसम्बन्धी ४८, सेवामूलक ४७ र सूचना प्रविधिका एउटा उद्योग छन्। नयाँमध्ये उद्योगतर्फ ५१६ र वाणिज्यतर्फ १६१ हुन् । जिल्लामा हालसम्म उद्योगको संख्या ५ हजार ४९१ पुगेको छ । जसमध्ये उद्योगतर्फ ३ हजार ८३७ र वाणिज्यतर्फ १ हजार ६५४ वटा रहेको कार्यालय प्रमुख ईश्वर थापाले बताए ।

घरेलुमा उद्योग दर्ता गर्दा सरकारी सेवा सुविधा पाउने कानुनी झन्झट नहुने, उद्यमी बन्ने चाहना, विभिन्न माध्यमबाट जनचेतना वृद्धि, घरेलु उद्योगमा महिलालाई ५० प्रतिशत छुट भएकाले उद्योग दर्ता गर्न सर्वसाधारण आकर्षित हुन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।