विराटनगर । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आजै अर्थ मन्त्रालयमा पुगेर कार्यभार सम्हालने भएका छन । उनले पद तथा गोपनीयताको शपथ लिइसकेका छन ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आइतवार साँझ आयोजित समारोहमा मन्त्री शर्माले शपथ लिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताकोे आरोप लागेपछि शर्माले असार २२ गते मन्त्री पदबाट राजीनामा गरेका थिए ।
संसदीय छानबिन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको भन्दै शर्मालाई सफाइ दिएको थियो ।

