लोड हुँदैछ...

मेनु

सुनसरी भन्सारबाट ६ अर्बको आयात,निर्यात भने शुन्य

सुनसरी भन्सारबाट ६ अर्बको आयात,निर्यात भने शुन्य

इटहरी । गत आर्थिक वर्ष २०७८/७८ मा सुनसरीका भन्सार कार्यालयबाट करिब ६ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ भने निर्यात शुन्य छ ।सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजका अनुसार ५ अर्ब ९३ करोड ८८ लाख ७७ हजार बराबरको प्रमुख १५ वटा वस्तुहरू आयात भएको छ हो ।

सबैभन्दा धेरै सो कार्यालय भएर धान, आलु, मकै, चामल, प्याज आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा ८८ करोड ९४ लाख २९ हजार बराबरको आलु आयात भएकोमा गत आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब ५४ करोड ३७ लाख ९० हजार बराबरको आयात भएको छ ।यसैगरी आर्थिक वर्ष २०७७/७८ सालमा ४७ करोड १६ लाख २२ हजार बराबरको प्याज आयात भएकोमा आर्थिक वर्ष २०७८–७९ सालमा १ अर्ब ५४ करोड ३७ लाख ९ हजार बराबरको प्याज आयात भएको छ । अघिल्लो वर्ष ३३ करोड ७५ लाख ९६ हजार बराबरको चामल आयात भएकोमा गत वर्ष ८२ करोड ६१ लाख ६५ हजार बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०७७/७८ सालमा १ अर्ब १७ करोड ४२ लाख ७० हजार बराबरको धान आयात भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ५९ करोड ४८ लाख ८५ हजार बराबरको आयात भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७–७८ सालमा ५३ करोड २२ लाख ८९ हजार बराबरको मकै आयात भएकोमा आर्थिक वर्ष २०७८–०७९ सालमा १ अर्ब ११ करोड ५६ लाख १० हजार बराबरको आयात भएको छ ।त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ सालमा ८ करोड २० लाख २३ हजार बराबरको भुस आयात भएकोमा गत आर्थिक वर्षमा १६ करोड २९ लाख ७५ हजार बराबरको आयात भएको छ । यस्तै त्यस्तै आर्थिक वर्ष २०७७–७८ सालमा २ करोड ७४ लाख ३६ हजार बराबरको कागती आयात भएकोमा गत आर्थिक वर्षमा ८ करोड ६९ लाख ९३ हजार बराबरको आयात भएको छ ।

गत आर्थिक वर्षमा आलु, प्याज, चामल, भुस, मकै, कागतीको आयात बढे पनि ताजा हरियो तरकारी, काँचो केरा, सुती सारी, लुङ्गी धोती, पानीपुरी, कुरमुरे, लेज आदिको आयातमा कमी आएको भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७–७८ सालमा २ करोड ५९ लाख ८० हजार बराबरको ताजा तरकारी आयात भएकोमा गत आर्थिक वर्षमा १ करोड ६९ लाख ६१ हजार बराबरको आयात भएको छ ।

सुनसरी भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा २७ करोड ८२ लाख ३९ हजार बढी राजस्व संकलन गरेको छ । ५३ करोड ७६ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको कार्यालयले ८१ करोड ५८ लाख ८२ हजार संकलन गरेको हो

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds