उर्लाबारी । एक महिलाले सामाजिक सञ्जाल फेशबुकमा साथी बन्न अनुरोध पठाइन् । अपिता शर्मा नाम गरेको फेशबुक आइडीबाट आएको साथीको अनुरोध स्वीकार हुना साथ ती युवतीले म्यासेजको वर्षा गर्न थालिन् । ती युवतीले हिन्दी भाषामा म्यासेज पठाउँदै साथी बन्न चाहेको र वाट्सएप नम्बर दिन अनुरोध गर्छिन् । वाट्स एप नम्बर दिना साथ उनले भिडियो कल गरिन् । भिडियो कलमा ती युवती नग्न हुँदै अत्तेजित बनाउन थालिन् ।
ह्वाट्स एप मार्फत युवाहरुलाई आफ्नो गोप्य अंग देखाउन अनुरोध गरी भिडियो बनाएर ब्लाकमेल गर्ने धन्दामा किशोरीहरु प्रयोग भइरहेको र उनीहरुले नक्कली फेसबुक आइडी प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । भिडियो बनाइसकेपछि उनीहरुले धेरै व्यक्तिलाई फोन गर्न लगाएर पैसाको बार्गेनिङ गर्ने र नदिएमा सामाजिक सञ्जालमा पोष्ट गरिदिने धम्की दिने गरेको पाइएको छ ।
युवतीको नाम र फोटो राखेर खासगरी भारत, पाकिस्तानबाट साइबर ठगहरू बढी सक्रिय पाइएको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ । तर, बदनाम भइने डरले पीडितहरू प्रहरीमा नपुग्ने गरेको र उनीहरुले परिवारलाई पनि जानकारी नदिने गरेको प्रहरीको अनुभव छ । त्यसको फाइदा उठाउँदै ठगहरुले पैसा पठाउन बाध्य पार्ने गरेको घटना प्रहरीमा पुग्ने गरेको छ । यस्तो ठगीको सिकार पुरुष मात्र नभएर महिलाहरु पनि हुने गरेको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ ।

