लोड हुँदैछ...

मेनु

सुपारी बोकेका ८ वटा भारतीय ट्रक राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो

सुपारी बोकेका ८ वटा भारतीय ट्रक राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो

विराटनगर । गैरकानुनी ढंगबाट भन्सारकै बाटो प्रयोग गरेर भारत लैजान लागिएको सुपारीसहितको आठ वटा ट्रक प्रहरीले आइतबार राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

बिहीबार राति १० बजेको समयमा एकीकृत भन्सार जाँच चौकीको भारततर्फको परिसरमा पुगेको ८ वटा ट्रक रिरुट गराएर प्रहरीले सुपाडीसहित नियन्त्रणमा लिएको थियो ।

बिहीबारदेखि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको सुपारीको विषयमा अनुसन्धान गर्दा वैद्धता पुष्टि हुन नसकेपछि थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले राजश्व अनुसन्धान कार्यालयमा पठाएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८, युपी ६२ सिटी ०६२७, युपी ४५ टी १६२४ नम्बरको ट्रक राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको हो । ती ट्रकमा २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी रहेको प्रहरीले जानकारी दिएको छ ।

अवैध सुपारी सहित पक्राउ परेका ८ वटा भारतिय नम्वरका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझायएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।