विराटनगर । हजारौं विद्यार्थीले अवलोकन गर्दै विराटनगरमा १४ औं ‘सेप’ भारतीय शैक्षिक मेला सकिएको छ ।
विराटनगरको नमस्कार होटलमा भएको शैक्षिक मेला मंगलबार सकिएको हो । शैक्षिक मेलामा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो । सेप इभेन्ट्स एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा सेप भारतीय शैक्षिक मेला लागेको हो ।
सेभ इभेन्ट्सले प्रत्येक वर्ष नेपालका प्रमुख सहरहरूमा यस्तो शैक्षिक मेला गर्दै आएको छ । काठमाण्डौंमा वृहत रुपमा शैक्षिक मेला गरेपछि विराटनगरमा गरेको हो । विराटनगरमा भएकोे शैक्षिक मेलामा भारतका नाम चलेका विश्व विद्यालयहरुका प्रतिनिधिहरुको सहभागिता थियो । शैक्षिक मेलामा भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले त्यहाँका विश्व विद्यालयको बारेमा प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त गर्ने सेप इभेन्ट्स एण्ड मिडिया प्रा.लिका निर्देशक सञ्जय थापाले बताए । शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालयसहित प्रतिनिधि मण्डलका सदस्यहरू परामर्शका लागि सहभागी थिए । उनीहरूले यहाँका विद्यार्थीहरूलाई भारतीय विश्व विद्यालयमा पढाइ हुने विषयमा बारेमा जानकारी पाए । मेलामा करिब २ हजार विद्यार्थीले अवलोकन गरेका थिए ।