मोटरसाइकल चोरी आरोपमा चार पक्राउ

विराटनगर । विराटनगरमा श्रृखलाबद्ध भइरहेको मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चोरी आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ का २२ वर्षीय नवीन माझी, सुनसरी दुहबी–९ का १८ वर्षीय मोहम्मद सलाउदिन, ३४ वर्षीय मोहम्मद नसुरदिन र विराटनगर महानगरपालिका–८ बस्ने २५ वर्षीय मोहम्मद हजरत छन् । उनीहरूलाई मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

उनीहरूले विराटनगर महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल हल अगाडी तथा नोबेल अस्पताल कम्पाउन्ड भित्र पार्किङ गरी राखेको को ६ प ६८०२ नम्बरको डिस्कभर मोटरसाइकल, प्र १ –०१०–१३ प ४५०७नम्बर १५० सिसीको पल्सर मोटरसाइकल र नम्बर नखुलेको १५० सिसीको पल्सर मोटर साइकल चोरी गरेको आरोप छ ।

आइतबार, ०१ साउन, २०७९, रातीको ०८:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर