सात लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

विराटनगर । सीमा क्षेत्रबाट अवैधरुपमा आयात निर्यात हुँदै गरेको झण्डै सात लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ । झापाको दुई छुट्टाछुट्टै ठाउँबाट प्रहरीले ६ लाख ७५ लाख रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।

तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले राति १० बजे मेचीनगर नगरपालिका ६ बाट ४ लाख रुपैयाँ मूल्य बराबरको कपडा नेपाल तर्फ ल्याउँदै गर्दा तथा नेपालबाट भारत तर्फ लैजादै गरेको ५ बोरा सुपारी बरामद गरेको थियो ।

यस्तै इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राति १२ बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको करिव २ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको थियो । बरामद भएको सामान आइतबार प्रहरीले भन्सारमा बुझाएको छ ।

 

आइतबार, ०१ साउन, २०७९, दिउँसोको १२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर