मधेशमा गर्मी बढेपछि नमस्ते झरनामा भीड

विराटगनर । तराई क्षेत्रमा अधिक गर्मी बढेपछि धनकुटाको भेडेटार, नाम्जे र नमस्ते झरनामा जाने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । शनिबारी धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा खुट्टरा राख्ने ठाउँसमेत थिएन । गर्मी बढेपछि केही दिनयता नमस्ते झरनामा जाने र नुहाउनेहरु दैनिक एक हजार भन्दा बढी हुने गरेको छ ।

नमस्ते झरनामा विराटनगर, इटहरी, धरान, उर्लाबारी, बेलबारी, झापाका विभिन्न ठाउँ र मधेश प्रदेशको सिराहा र सप्तरीबाटसमेत आगन्तुकहरु पुग्ने गरेका छन् । त्यस बाहेक भारतबाट पनि अहिले धेरै पर्यटकहरु नमस्ते झरनामा नुहाउन पुगेको सिम्सुवा नमस्ते झरना संरक्षण तथा सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष दिलीप लिम्बूले जानकारी दिए ।

धरानबाट १७ किमी उकालो चढे पछि पुगिने पर्यटकीय गन्तव्य भेडेटारबाट धरान–धनकुटा सडक हुँदै केही तल झरे पछि झरनास्थल पुगिन्छ । अझ ठाउँठाउँमा खोला खोल्सी र यसमा बनाइएको पुलको आकर्षणले पर्यटकहरु रमाउने गरेको आफूले पाएको उदयपुरका ईश्वरमान तामाङले बताए ।

सार्वजनिक बिदाका दिन र शुक्रबारदेखि आइतबारसम्म अत्यधिक चाप हुने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहाकार अग्नि लिम्बूले बताए ।

काठमाडौं बनस्थलीका चन्द्रमणि चापागाईले तराईको नजिक यस्तो रमणीय र आकर्षक झरना पाउँदा घण्टौं बिताएको बताए ।

आइतबार, ०१ साउन, २०७९, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर