विराटनगर । कोदोको रक्सीलाई प्रवद्र्धन गर्ने उदेश्यले सुनसरीमा कोदोको रक्सी प्रवद्र्धन समिति गठन भएको छ ।

रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरा सम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र ऐन संशोधन गर्न राजनीतिक दललाई दवाव दिन समिति गठन गरिएको हो । समिति प्रदेशका १४ वटै जिल्लामा विस्तार गरि दवाव सिर्जना गर्ने समितिले जनाएको छ । ऐन संशोधन नहुँदा घरेलु मदिरा बनाउनेहरूले उत्पादन गरेको रक्सी पोखाउने गरिएको छ ।

प्रदेश सरकारले कोदोबाट बनेको घरेलु रक्सी उत्पादन गरी ब्रान्डिङ गर्ने नीति लिएकाले यसका लागि ऐन संशोधन हुनु पर्ने समितिले जनाएको छ । समितिका संयोजकमा नगेन्द्र पारघरिलाई तोकिएको छ । १३ सदस्यीय जिल्ला समितिमा निमा पोङ्स्युवा, रिता खापुङ, लिला राई, सानु लुहागुन, सुमित्रा राई, निर्मला राई, कमला सुब्बा, हेमराज जिमी, विश्वास मगर, बिना पुमा राई, ऐसा सुनुवार, लक्ष्मी राई रहेका छन् ।

त्यसैगरी सात जना सल्लाहकार समिति पनि गठन भएको छ। सल्लाहकार समितिमा हर्ष सुब्बा, डांकमल तिगेला, नरप्रसाद लुङ्फुङ्बा, बिपिन इवारम, भक्तराज रसाईली, तेन्जिङ शेर्पा, ताजुप लिम्बु रहेका छन् ।

प्रदेश १ सरकारले परम्परागत घरेलु कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिएपछि यसको प्रवद्र्धन गर्न जनस्तरबाट नै दवाब दिने उद्देश्यले प्रदेश १ मा रहेका १४ जिल्लामा समिति गठन गरिने सुनसरी जिल्ला संयोजक टेकबहादुर खजुमले जानकारी दिए । संयोजक खजुमले हालसम्म झापा मोरङ र सुनसरी जिल्ला समिति गठन भएको र साउनको दोस्रो हप्तासम्म १४ वटा जिल्ला मै समिति गठन गरिसक्ने बताए ।तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको रक्सीको ब्रान्डिङ गरी आय आर्जनसँग जोड्ने योजना ल्याएकी थिइन् ।

सो योजनालाई राजेन्द्र राई नेतृत्वको सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।