विराटनगर । पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा पोखरीमा डुबेरमृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने शुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात÷आठ जना बालिकाहरू मिलेर दीपक चौधरीको पोखरीमा नुहाउन गएका थिए ।
सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।