विराटनगर । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने झिनो सुधार भएको छ । मंगलबार ११ंं.६८ अंकले बढेको बजार १९२७.२८ बिन्दुमा रोकिएको थियो ।
कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ । १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा समेत सोमबारको तुलनामा वृद्धि देखिएको छ । मंगलबार सबै उपसमूहमा हरियाली देखिएको छ । ।
सबैभन्दा धेरै होटल र पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

