रोयल ब्रर्दसले ‘जावा ४२ २.१’ नयाँ मोडलको मोटरसाइकल बजारमा ल्यायो

विराटनगर । रोयल ब्रर्दसले ‘जावा ४२ २.१ नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको छ । विराटनगरको आधिकारिक विक्रेता रोयल ब्रर्दसले जावा ४२ २.१ नयाँ मोडलको मोटरसाइकल विराटनगर – ४ गाोग्राहा चौक स्थित जावाको सोरुममा एक कार्यक्रम आयोजना गरि सोमबार यो मोटरसाइकल बजारमा ल्याएको हो ।

कार्यक्रममा नेपाल अट्रोमोवायल्स डिर्लर एसोसेसन अफ नेपाल नाडाका केन्द्रिय उपाध्यक्ष सुवास आर्चायले जावाको नयाँ मोडलको मोटरासइकको उद्घाटन गरे । आम ग्राहकको चाहान अनुसार जावा ४२ २.१ नयाँ मोडलको बाइक बजारमा ल्याएको रोयल ब्रर्दसका प्रबन्ध निर्देशक मनोज विक्रम शाहले जानकारी दिए । नयाँ भर्सनको जावा मोटरसाइकल पहिलेको तुलनामा निकै उत्कृष्ट र आकर्षक रहेको कम्पनीले जनाएको छ ।

जावा ४२ भर्सन २१ मा पहिले जस्तै २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको दिइएको छ । जुन इन्जिनले अधिकतम २७.३ पीएस पावर र २७.०२ एनएम टर्क प्रदान गर्दछ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । जावाले यसमा क्रस पार्ट टेक्नोलोजीको प्रयोग गरेको छ । जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउँछ । सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १७० केजी रहेको छ । सो बाइकले ३७ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । त्यसैगरी यसमा १३ स्पोक अलोय ह्विवल रहेको छ ।

जावाको अन्तराष्ट्रिय दिवसमा वृक्षारोपण
जावाको अन्तराष्ट्रिय दिवसको अवसरमा रोयल ब्रर्दसले वृक्षारोपण पनि गरेको छ । मोटरसाइकल र्यालीले बिराटनगर परिक्रमा गरेपछि सुनसरीको बर्जुमा पुगेर वृक्षारोपण गरेको रोयल ब्रर्दसका प्रबन्ध निर्देशक मनोज विक्रम शाहले जानकारी दिए । उक्त बृक्षारोपण कार्यक्रममा बर्जु गाउँपालिका प्रमुख जिबछ कुमार राय र उपप्रमुख नितु कुमारी चौधरीको पनि उपस्थिती रहेको थियो ।

सोमबार, २७ असार, २०७९, साँझको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर