केराबारी । केराबारीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको स्थापित दुइओटा संस्थालेकेराबारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनीधिहरुलाई आइतबार सम्मान गरेको छ ।
केराबारी व्यापार प्रबन्ध समिति र शुभखानेपानी उपभोक्ता तथा सरसफाई समितिले संयुक्त रुपमा बधाई शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरी स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिलाई सम्मान गरेका हुन ।
राष्ट्रिय पुस्तकालय केराबारीको सभाहलमा भएको सो कार्यक्रममा स्थानीय तहमा निर्वाचित वडाध्यक्ष गाउँपालिका उपाध्यक्ष र अध्यक्षलाई शुभकामना पत्र हस्तान्तरण संगै स्मरण पत्र समेत प्रदान गरिएको थियो । केराबारी गाउँपालिकाका अध्यक्ष किशन शाहीले केराबारी गाउँपालिकाको विकास र समृद्धिको लागि गर्न सकिने कार्यक्रमको सूची सहितको १८ बुँदे स्मरण पत्र प्रदान गरेका छन ।
केराबारीको विकास र समृद्धिको रेखा कोर्न स्थानीय तहमा के गर्न सकिन्छ भन्ने विषयमा विभिन्न १८ ओटा बँुदामा तयार पारिएको स्मरण पत्र गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले ग्रहण गर्दै सकेसम्म सबै बुँदाहरुलाई कार्यान्वयनमा ल्याउने गरी आवश्यक काम कार्वाही अघि वढाउँन पहल गर्ने आश्वासन दिएका छन् ।
कार्यक्रममा केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाही र शुभखानेपानी संस्थाका अध्यक्ष गोकुल वहादुर थापाले निर्वाचित जनप्रतिनीधिहरुलाई संयुक्त रुपमा मायाको चिनो प्रदान गरेका छन् । कार्यक्रममा कार्यपालिकाका सदस्य तथा गाउँपालिकाको प्रवक्ता नारायण भूजेल,वडाध्यक्षका तर्फबाट ९ नं.वडाध्यक्ष गोपाल राई याखाले जनप्रतिनीधिलाई सम्मान भन्दा पनि केही गर्नुपर्छ भन्ने स्पष्ट मार्गदर्शन आवश्यक भएको औल्याउदै स्मरण पत्रले जनप्रतिनीधिहरुलाई ५ वर्षसम्म स्मरण गराउन सक्ने बताए । कार्यक्रम गोकुल वहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

