विराटनगर । देश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद (ईद–उल–अजाह) पर्वको शुभकामना दिएका छन् ।
राईले एक सन्देश जारी गर्दै देश, विदेशमा रहने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनीहरूसहित सबै नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि भएको राईले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
‘आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सबै नेपाली बीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको छ,’ उनले भने, ‘सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको नेपालमा सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।’
मुख्यमन्त्री राईले जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना पनि गरेका छन् ।

