विराटनगर ।व्यापारीको गोदाममा प्रहरीले छापा हान्दै तस्करीको खाद्यबस्तु बरामद गर्न थालेको छ । भारतबाट अवैध रूपमा भन्सार छलेर क्यारिङमार्फत ल्याएका खाद्यवस्तु प्रहरीले छापा हानेर नियन्त्रणमा लिन थालेको हो ।
प्रहरीले शुक्रबार मोरङको दुई छुट्टाछुट्टै स्थानबाट छापा हानेर अवैध सामान बरामद ग¥यो । व्यापारीले क्यारिङ गर्नेलाई निश्चित रकम दिने र उनीहरूले भनेको गन्तयव्यसम्म पु¥याउने जिम्मा दिने गर्दछन् ।
व्यापारीले भन्सारलाई बुझाउनुपर्नेभन्दा आधा रकम क्यारिङ गर्नेलाई दिन्छन् र गोदामसम्म पु¥याउन लगाउने गरेका छन् । यसरी अवैध रूपमा खाद्य सामाग्री राखेको सूचना प्रहरीले पाएपछि विराटनगर ६ का खाद्यान्नको कारोबार गर्ने व्यापारी विनोद केशरीको गोदामबाट २ लाख ३० हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।
प्रहरीले चिनी ४७ बोरा (२३५० केजी), मटर ३२ बोरा (९६० केजी), छोकडा ५ बोरा (२५० केजी ), पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन बरामद गरेको हो । प्रहरीले छापा हानेर केशरीको गोदामबाट अवैध सामान बरामद गरेपछि उनी फरार भएका छन् ।
स्रोतका अनुसार व्यापारी केशरीले क्यारिङमार्फत भारतीय बजारबाट अवैध रूपमा खाद्य सामग्री ल्याउने र पूर्वी बजारमा पठाउने गरेका थिए । मोरङ प्रहरीले शुक्रबार रतुमाईबाट ३४ बोरा अवैध रुपमा ल्याइएको चिनी बरामद गरेको छ । प्रहरीले आमबारी रतुवामाई ६ सौठाका चिरिन्जीबी पोखरेलको घरबाट २३ बोरा चिनी नियन्त्रणमा लिएको छ ।
आमबारीस्थित दुर्गा बास्कोटाको घरबाट ११ बोरा चिनी, ९ बोरा खैनी र २ कार्टुन बिँडी बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।उता झापाको मेचीनगर नगरपालिका–५ स्थित तिरिङ–काँकरभिट्टा सडकखण्डबाट अवैध सुपारीसहित सवारी साधन बरामद गरेको छ । शनिबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टातर्फ आउदै गरेको मे.१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा करिव ७ सय केजी सुपारी बरामद गरेको हो ।
बरामद गरिएको सुपारी, सवारी साधन र चालक ४८ बर्षीय दानबहादुर पोख्रेल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।