लोड हुँदैछ...

मेनु

मोरङको जहदमा माछापुच्छ्रे बैंक लुटपाटको प्रयास

मोरङको जहदमा माछापुच्छ्रे बैंक लुटपाटको प्रयास

विराटनगर । मोरङको जहदा गाउँपालिका–५ मा रहेको माछापुच्छ्रे बैङ्कको शाखामा लुटपाटको प्रयास भएको छ । शुक्रबार विहान करिब २ बजे जहदा बजारमा रहेको बैंकको शाखामा लुटपाटको प्रयास भएको हो ।

मोरङ प्रहरीका अनुसार लुटपाटका लागि बैंकको ढोका फोडेर छिरेको समूहलाई सुरक्षा गार्ड श्रवणकुमा सिंहले भगाएका थिए । मध्यरातमा अज्ञात समूह बैंकमा प्रवेश गरेपछि आत्तिएका सिंहले नजिकै रहेको आफ्नो घर र छरछिमेकमा फोन गरेर बैंकमा लुटेरा समूह छिरेको सुनाएका थिए ।

बैंकको चेनगेट र ढोका भत्काएर लुटेराको समूह छिरेपछि आफूले फोन गरेर होहल्ला भएपछि लुटेरा भागेको सिंहको भनाइ छ । ‘छरछिमेकमा फोन गरेर हल्ला भएपछि दुई वटा ढोका फोडेर बैंक छिर्दै गरेको समूह फरार भयो’ उनले भने, ‘सुुरुमा २ जना भित्र छिरेकोमा ७–८ जना मुख छोपेका मान्छे देखिएका थिए ।’

बैंकको सिसी क्यामेरामा भने दुई जना मात्रै देखिएको प्रहरीले जनाएको छ । बैंक लुटपाटको प्रयास भएको भन्दै सुरक्षा गार्डले फोन गरेपछि गाउँलेहरु भेला हुँदा लुटेरा समूह भागेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार जहदा– ५ मा बैंक रहेको भवनको पछाडि पट्टीको ढोका फोडिएको अवस्थामा पाइएको छ । बैंक लुटपाटको प्रयास भए नभएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।