विराटनगर । भारतीय नागरिकको हत्यामा संलग्न थप १ जना पक्राउ परेका छन ।
सुन्दरहरैंचा नगरपालिका–६ का २० वर्षीय शैलेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलका अनुसार सापकोटाले जानुका सुवेदी थापासँग १ लाख रुपैयाँ सुपारी लिएर भारतीय नागरिक जपडिया नरेशकुमार बाबुको हत्यामा संलग्न भएका थिए । सापकोटा जानुकाका फुपूका छोरा हुन् ।
सापकोटालाई भारतको सिक्किमबाट पक्राउ गरिएको हो । झापा प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार सापकोटा जानुका थापासँग १ लाख रुपैयाँ सुपारी लिएर भारतीय नागरिक हत्यामा संलग्न भएका थिए ।
सापकोटा जानुकाका फुपूका छोरा हुन् । यसअघि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिइसकेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि ३२ वर्षीया जानुका सुवेदी थापा, उनको ४९ वर्षीय पति बर्खबहादुर थापा र सुनसरी बराहक्षेत्र–१० का २५ वर्षीय सुरेश परियार छन् ।
असार १२ गते साँझमा नरेशको हत्या गरेर अर्जुनधारा नगरपालिका–४ साहसी टोलस्थित कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा शव फालेका थिए ।
पति बर्खबहादुरले नरेशलाई मारेबापत ५ लाख रुपैयाँ दिने सहमति गरेका थिए । असार १२ गते साँझामा सुरेश , शैलेस र नरेशसँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । साँझ ८ः३० बजे भूइँतलाको उत्तर तर्फको कोठाको ढोकामा उभिरहेका नरेशलाई सुरेशले पछाडिबाट टाउकोमा मुड्कीले प्रहार गरेका थिए ।
सुरेशको प्रहारपछि नरेश भूइँमा ढलेका थिए । उनी भूइँमा लड्नासाथ सुरेशले मुख थुनेका थिए भने शैलेशले फलामको मार्तोलले निधार लगायत टाउकाको विभिन्न भागमा हिर्काएका थिए ।
घटना लुकाउनका लागि सुरेश र शैलेशले शवलाई बोरामा प्याक गरेर बृखबहादुर थापाले चलाउने प्रदेश १–०१–०१२ प ८५० नम्बरको मोटरसाइकलमा अर्जुनधारा–७ को साहसी टोलमा ह्युमपाइपमा राखेर फर्केका थिए । काम सकिएपछि सुरेशलाई जानुकाले शुरूमा २५ हजार दिएकी थिइन् । उनले दोस्रोपटक १ लाख ७५ हजार सुरेशलाई दिएकी थिइन् । शैलेशलाई १ लाख दिएकी थिइन् ।
नरेश र जानुकाको भारतमै चिनजान भएको थियो । जानुकालाई नरेशले घर बनाउन ५ लाख रुपैयाँ समेत दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
त्यही पैसा र शारीरिक सम्बन्धको पोल खुल्ने डरले थापा दम्पतीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।