विराटनगर । विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सामाजिक अपराधको बारेमा जानकारी गराइएको छ । कक्षा ९, १०, र १२ मा पढ्ने बिद्यार्थीहरुलाई सभापतित्वमा साइबर अपराध , दुर्व्यसन , महिला हिंसा लगायत अन्य सामाजिक अपराधको बारेमा जानकारी गराइएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको प्रमुख आतिथ्य तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमका अध्यक्ष मिना जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै एस्ईई। २०७७ मा उत्कृष्ट नजिता ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । सर्वोत्कृष्ट नतिजा ४ जी।पी।ए। प्राप्त गर्ने विद्यार्थी एलिशा गौतमलाई नगद दश हजार ३।९५ जी।पी।ए। ल्याउने ४ जना विद्यार्थीहरूलाई जनही तिन–तिन हजार वितरण गरिएको थियो । विद्यालयमा कक्षा १ देखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत अन्य गरिब तथा जेहेन्दार ४१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति समेत वितरण गरिएको छ ।
लक्ष्मी निरौला र रेक बहादुर भट्टराईद्वारा अक्षयकोष बाट ७ जना गरिब तथा जेहेन्दार र विशेष प्रतिभा भएका विद्यार्थीहरुलाइ समेत पुरस्कृत गरिएको छ ।
रु लक्ष्मी स्मृति कोष र गायत्री भवानी स्मृति कोष बाट तपसिलका ७ जना गरिब तथा जेहेन्दार र विशेष प्रतिभा भएका विद्यार्थीहरूलाई जनही रु। २००० ।– का दरले पुरस्कृत गरियो ।
बैशाक ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमान विराटनगर वडा नं। ३ का नव निर्वाचित वडा अध्यक्ष वासु बहादुर बस्नेत तथा वडा सदस्यहरू सुरज न्यौपाने, ढुण्डिराज पोख्रेल समेत विद्यालयले सम्मान गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ , मोरङका प्रमुख श्री टंक प्रसाद गौतमको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष का अध्यक्ष श्री कृष्ण प्रसाद गौतमको सभापतित्वमा बधाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।