लोड हुँदैछ...

मेनु

सिजुवामा एक महिलाको शव डुबेको अवस्थामा भेटियो

सिजुवामा एक महिलाको शव डुबेको अवस्थामा भेटियो

विराटनगर । मोरङको रतुवामाइ नगरपालिकामा एक महिलाको शव फेला परेको छ । रतुवामाई नगरपालिका वडा नम्बर २ क्यापटोलास्थित कल्भटको पानी जमेको खाल्डोमा शव भेटिएको हो ।

पानीमा जमेको खाल्डोमा शव देखिएपछि स्थानीय जनप्रतिनिधीले आज बिहान प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय डोरियाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी टोली खटेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षकको कमाण्डा टोली खटाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मृत भेटिएकी युवती अन्दाजी २५/२६ वर्ष उमेरको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।