विराटनगर । झिमझिम सानु बोलको गीतमा एक युवतीसँग टिकटक बनाएका एमालेका पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाह विवादमा तानिएका छन्।
टिकटक भिडियोमा शाह एक युवतीसँग सुतिरहेका देखिन्छन्। भिडियोमा उनी निदाइरहेका छन्।
टिकटक बनाउने युवतीले गालामा हात राखेकि छिन । शाह एमालेका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हुन । उनि सल्यान प्रदेशसभा (क) बाट निर्वाचित सांसद समेत हुन्। उनीसँग देखिएको युवती एमाले सल्यानकी जिल्ला कमिटी तहकी नेतृ भएको दाबी गरिएको छ।
भिडियो ती युवतीकै आइडीबाट अपलोड भएको थियो। तर अपलोड भएको केही समयमै सो भिडियो हटाइएको थियो । तर शाहसँगै खिचेका फोटोहरू जोडेर अर्को क्लिप बनाएर सोही आइडीबाट अपलोड भएको थियो। अहिले सो अकाउन्टका सबै सामाग्री डिलेट गरिएको छ।

