लोड हुँदैछ...

मेनु

पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको उद्दार

पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको उद्दार

पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–७ बिदीन स्थितमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ । १ जनालाई भने प्रहरीले सकुशल उद्दार गरेको छ ।

शुक्रबार राती बर्षाको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।

पहिरो गरएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो ।

पहिरोमा पुरिई बेपत्ता भएकाहरु ५५ वर्षीय रुपलाल मगरलाई हिंजो बिहान र उनको ४२ वर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ वर्षीया नातिनि एलिसा मगरलाई आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।