विराटनगर । प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवालिने ग्राहकको संख्या ६५.७प्रतिशतले वृद्धि भएको छ ।

प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवालिनेको संख्या २०७७ सालमा ८३ हजार २ सय ८३ थियो । तर, ०७८ सालमाभने उक्त संख्या बढेर १ लाख ३७हजार ९ सय ६६ पुगेको छ ।

यस्तै मोबाइल बैंकिङ सेवालिने सेवाग्राहीको संख्यामापनि ३१.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा १८ लाख ९२ हजार चार सय ३७जनाले मोबाइल बैंकिङ सेवालिएकाथिएभने २०७८ सालमा २४ लाख ८६ हजार ९ सय ८२ पुगेको छ ।

यस्तै डेबिट कार्ड प्रयोगमापनि २५.७प्रतिशतले वृद्धि भएको छ । २०७७ सालमा डेविट कार्ट प्रयोग गर्नेको संख्या १० लाख ५९ हजार २ सय ५४ थियो भने २०७८ सालमाउक्त संख्या बढेर १३ लाख ३१ हजार ९ सय ५४ पुगेको छ । यस्तै क्रेडिट कार्ड लिनेको संख्या ३६.९, पिप्रेड कार्ड लिनेको संख्या १०१ प्रतिशतले बढ्दा शाखारहित बैंकिङ सेवाभने विगतभन्दा७.२ प्रतिशतले घटेको छ । २०७७ सालमाशाखारहित बैंकिङ सेवाप्रदेश १ मा ४०१ थियो भने २०७८ सालमाउक्त संख्या घटेर ३७२ माआइपुगेको छ ।

प्रदेश १ मा २०७७ चैत मसान्तको तुलनामा २०७८ चैत मसान्तसम्ममा बैंक तथावित्तीय संस्थामा रहेको कूलनिक्षेप ४.४ प्रतिशतले वृद्धि भएर ३ खर्ब ३२ अर्ब पुगेको छ भने कूलकर्जा भने १४.४ प्रतिशतले वृद्धि भई ५ खर्ब २७अर्ब पुगेको छ । यस्तै २०७८ असार मसान्तसम्ममा ३ खर्ब ४७अर्बको कुलनिक्षेप परिचालनतथा ४ खर्ब ८० अर्बको कर्जा प्रवाहभएको छ ।

प्रदेश १ काजिल्लाहरुमध्ये मोरङमा सबैभन्दा बढी १ खर्ब ३ अर्ब निक्षेप परिचालनभएको छ भने तेह्रथुममा सबैभन्दाकम ४ अर्ब ४८ करोड निक्षेप परिचालनभएको छ । प्रदेशको कुलनिक्षेप परिचालनमामोरङ, सुनसरी र झापाको जिल्लाको हिस्सा ७७.१ प्रतिशत रहेको छ । २०७७ सालको तुलनामाभोजपुर जिल्लाको निक्षेप सबैभन्दा बढी १७.४ प्रतिशतले वृद्धि भएको छ भने झापाको निक्षेप वृद्धि ०.३ प्रतिशतमात्रै भएको छ ।
हालप्रदेश १ का बैंक तथावित्तीय संस्थामा ५७लाख २४ हजार निक्षेप खातामध्ये ४१ लाख २४ हजार मात्रै सक्रिय रहेका छन् । उक्तनिक्षेपखातामध्ये ५० लाख २५ हजार ६३२ बचत खाता रहेका छन् । उक्त बचत खातामध्ये ३८ लाख ६५ हजार ६२८ बचत खाता सक्रियअवस्थामा छन् । जुनप्रदेश १ को कूल जनसंख्याको ७७.५ प्रतिशतहो । कूल बचत खातामध्ये सक्रियअवस्थामा रहेकापुरुषतथामहिलाको खाताक्रमशः ५६.६ र ४३.४ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी कर्जा प्रवाहगर्ने जिल्लामापनिमोरङ नै रहेको छ । मोरङमामात्रै २ खर्ब २४ अर्ब कर्जा प्रवाहभएको छ भने सबैभन्दाकमताप्लेजुङमा २ अर्ब ५६ करोड कर्जा प्रवाहभएको छ । प्रदेशको कूलकर्जा प्रवाहमामोरङ, सुनसरी र झापाको हिस्सा ८७.८ प्रतिशत रहेको छ ।

१ हजार ८ सय ४१ बैंक तथावित्तीय संस्था, ५४१ बीमककार्यालय

प्रदेश १ मा१हजार ८ सय ४१ बैंक ततावित्तीय संस्थाको शाखा रहेको छ । जसमा सबैभन्दा धेरै लघुवित्त वित्रीय संस्था छन् । ८ सय ६६ लघुवित्त, ७ सय ५३ वाणिज्य, १९० विकास र ३२ वटा वित्तकम्पनी रहेका छन् । २०७७ सालको तुलनामावित्तकम्पनीको संख्याभनेको घटेको छ । ०७७मा ४४ वटा वित्तकम्पनीथिएभने २०७८ मा यो संख्या घटेर ३२ माआइपुगेको छ । प्रदेश १ का १३७ वटै स्थानीयतहमा २०७७ साल चैत महिनामा नै वाणिज्य बैंकको शाखाविस्तार भइसकेको छ ।

आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार प्रदेश १ मा २०७८ चैत मसान्तसम्ममाजीवनबिमाका ३७६ र निर्जीवनका १६५ गरी ५ सय ४१ बीमककार्यालय रहेका छन् । २०७७फागुनमसान्तसम्ममा यस्तो शाखा संख्याजीवनतर्फ ३ सय ४८ र निर्जीवनतर्फ १५८ गरी कूल ५०६ रहेकाथिए । प्रदेश १ मा सोहीअवधिमाजीवनबीमातथानिर्जीवनबीमादुवैतर्फ गरी १५ लाख ३८ हजार ८ सय १३ बीमालेख जारी भएका छन् । यो संख्याभनेको नेपालभर गरिएकाकूलबीमालेखको ११.५ प्रतिशतहो ।

बैंकमाखाताखोल्नको संख्या २८ प्रतिशतले बढ्यो

२०७८ चैत मसान्तसम्ममाप्रदेश १ मा रहेका बैंक तथावित्तीय संस्थामार्फत खोलिएकामुख्यखाताहरुको संख्यागतवर्षको तुलनामा २८.०३ प्रतिशतले वृद्धि भएको छ । अबखाताहरुको संख्या १२ लाख७६ हजार ५२६ पुगेको हो । जसमा पुरुषहरु ५४.१ प्रतिशत छन् भने महिलाको प्रतिशत४५.९ रहेको छ ।

प्रदेश १ कातीनजिल्लाझापा, मोरङ र सुनसरीमाधितोपत्रदलालले धितोपत्रकारोबार सेवाविस्तार गरेका छन् । २०७८ चैतमसान्तसम्ममाप्रदेश १ माधितोपत्रदलालहरुको १४ वटा शाखा रहेका छन् । यो बाग्मतीप्रदेश पछिको दोस्रो हो । बाग्मतीमाधितोपत्रदलालहरुको संख्या ५६ रहेको छ । प्रदेश १ माखोलिएकाधितोपत्रदलालकाशाखाकार्यालयहरुबाट १ खर्ब ३३ अर्ब बराबरको धितोपत्रतथा १ खर्ब ३२ अर्ब बराबरको धितोपत्रविक्री गरी कूल २ खर्ब ६५ अर्ब बराबरको कारोबार भएको छ ।