विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका छन् ।

शनिबारको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री राईले प्रदेशको नामकरणको वातावरण बनाउनका बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका छन् ।

उनले सर्वसम्मतिले प्रदेशको नाम टुङ्गो लगाउने वातावरण बनाउनका लागि पहिला बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका हुन् ।
‘ नामको वातावरण बनाउनका लागि सर्वसम्मति रुपमा हाँसीहाँसी बजेट पास गरौं उनले भने’,अब पक्ष र प्रतिपक्ष भन्दा पनि यसले नाम राख्न सहज वातावरण बन्छ ’

प्रदेश १ को आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन गरेको बजेटमाथिको छलफल सकिएको छ । मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको शनिबार सम्बन्धित मन्त्रीहरुले जवाफ दिएपछि बजेटमाथिको छलफल सकिएको हो ।