विराटनगर । रोटरी क्लव मिड टाउन विराटनगरको २१ औं अध्यक्षमा रामकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा भएको रोटरीको भेलाले श्रेष्ठलाई सन् २०२२–२०२३ को अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
श्रेष्ठ अवकाशप्राप्त डिएसपी हुन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा रोटरीले सामाजिक कार्यमा काम गरेर अगाडी बढाउने बताए । ‘आफ्नो कार्यकालमा सामाजिक कार्यमा जोड दिनेछु,’ अध्यक्ष श्रेष्ठले भने, ‘ग्रामिण क्षेत्रका बस्तीहरुमा पुगेका सामाजि कार्यक्रमहरु गर्ने आफ्नो योजना रहेको छ ।’
क्लबको प्रथम उपाध्यक्षमा कुमार खतिवडा, दोस्रो उपाध्यक्ष घनश्याम कावरा रहेका छन् । यस्तै कोषाध्यक्षमा आश्वीनी वंसल, सचिव रानुगोयल तथा केशरी चन्द वोथरा,सुजन थापा, विनोद वोहरा, नारायण गौतम, संजय वंशल, नवीन भट्टराई, प्रदिप अग्रवाल, नरेश वंशल, अनिल रिजाल, मोहन न्यौपाने,गीरीराज वस्नेत डा.राजेश्वर यादव, अरुण खेतान, सैलेशमनी पोख्रेल समेतका रोटरीयनहरु विभिन्नपदको जिम्वेवारी लिई वोर्ड सदस्य भएका छन् । क्लवका पुर्व अध्यक्ष मुकेस उपाध्याय चयन भएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।