विराटनगर ।असार १५ मा हिलो खेल्ने क्रममा युवा संघका केन्द्रीय सदस्य हिलारी भन्ने हिकमत बोहराले दुर्व्यवहार गरेको भन्दै रेस्लर अस्मिता जुरेलीले जाहेरी दिएकी छन्।
बोहराले आफूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरी परिसर ललितपुरमा उनले जाहेरी दिएकी हुन्। जुरेलीले दिएको जाहेरी दर्ता गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ। ‘अभद्र व्यवहार र दुर्व्यवहारको आरोपमा जाहेरी आएको छ’, परिसर स्रोतले बताएको छ ।
युवा संघले नै आयोजना गरेको कार्यक्रममा बुधबार उनी भैंसेपाटी पुगेकी थिइन्। कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी थिए।
रोपाइँ उत्सव मनाउँदा उनलाई पछारेको भिडिओ सार्वजनिक भएको थियो। घटना लगत्तै उनले आपत्ति जनाएपछि लफडा भएको थियो।
जुरेलीको कपडा पनि च्यातिएको थियो।

