सबैको साथसहयोगले मात्रै अपराध रोकथाम र नियन्त्रण

विराटनगर । सबैको साथ सहयोगले मात्र अपराध रोकथाम र नियन्त्रण गरिन सक्ने एक कार्यक्रममा सरोकारवालहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा मंगलबार आयोजना गरेको होटल,लज तथा रेस्टुरेन्ट ब्यवसायिसंग शान्ति सुरक्षा ब्यवस्थापन तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले ब्यवासायिहरुका साथै सम्बद्ध सरोकारवाहरुहरुलाई सहभागि गराएर अन्तरक्रिया कार्यक्रम आयोजना गराएको थियो । कार्यक्रममा समाजमा सबैको साथ सहयोगले मात्र अपराध रोकथाम गर्न सक्ने भएकोले यसमा सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागि होटल ब्यवसायिले बेलुका १० बजेसम्म मात्र होटल खोल्न दिने नियमलाई परिर्वतन गर्न माग गरेका थिए । पर्यटकलाई लक्षित गरेर होटल संचालन गर्दै आएका अधिकांश होटल ब्यवसायिले रातभरि होटल संचालन गर्न पाउनुपर्ने माग गरेका थिए । होटल ब्यवसायि बिजयराज प्रसाईले सरकारले राजश्वको ठुलो भाग होटल ब्यवसायबाट संकलन गर्दै आएपनि ब्यवसायिलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताए । उनले होटल क्षेत्रमा भएका समस्यालाई न्यूनिकरणगर्दै राती १० बजेसम्म मात्र होटल खोल्नदिने नियमलाई परिवर्तन गर्नुपर्ने माग गरे । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठले भारतीय पर्यटकलाई आर्कषित गर्न समेत रात्रिकालिन समयमा होटल संचालनगर्न दिनुपर्ने धारणा राखे ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले होटल ब्यवसायले रोजगारीको सृजना गर्नुका साथै राजश्वमा समेत महत्वपुर्ण योगदन गर्दै आएको बताए । होटल ब्यवसायिले उठाएका समस्याहरु केहि तत्कालै तथा केहि समस्याहरुलाई सरोकारवालासंगको छलफलपछि समाधानको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोईरालाले पेशाब्यवसाय संचालनगर्दा सबैले नियमकानुनको पालना गर्नुपर्ने बताए । उनले सबैको साथ सहयोगले मात्र अपराध रोकथाम र नियन्त्रण गरिन सक्ने बताए । ‘नागरिक पनि बर्दी बेगारको प्रहरी हो,’ उनले भने, ‘त्यसैले अपरोध रोकथाम र नियन्त्रणमा साथ सहयोगको खाचो रहेको छ ।’ विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले होटल ब्यवसायीले मर्यादितरुपमा ब्यवसाय संचालनगर्ने प्रतिबद्धता जनाए । उनले रातको १० बजे पछि पनि केहि समय थप्दा अनुपयुक्त नहुने धारणा राखे ।

बुधबार, १५ असार, २०७९, बिहानको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page