विराटनगर । अविरल वर्षाका कारण बाढीमा परी मोरङको सुन्दरहरैंचामा १ जनाको मृत्यु भएको छ ।
सुन्दरहरंैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुन्दरहरैंचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् । उनलाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा फेला परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
यस्तै सयौं घर परिवार विस्थापित भएका छन् । दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् । उनीहरुलाई उद्धारकार्य गरिरहेको छ । यस्तै मोरङको सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय वस्तिहरु पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेको बताए ।
जसका कारणले सयौं घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार र राहतको काम अहिले पालिकाहरुले गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले दैवि प्रकोप उद्धार समितिको बैठक आज ३ बजेका लागि बोलाएको छ ।





























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।