विराटनगर । नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा सुनसरीका एक जना पक्राउ परेका छन् ।
झुटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा सुनसरी प्रहरीले इनरुवा नगरपालिका १ का ५२ वर्षीय रमेशकुमार शर्मालाई सोमबार पक्राउ गरेको हो ।
शर्माले झुटा विवरण पेस गरी नागरिकता लिएको उजुरी परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । पक्राउ परेका शर्मासँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको पाइएको छ ।
नेपालको नागरिकता नं। ७८१७र००३ रहेको छ । उनले अहिलेसम्म भारतको नागरिकता पनि त्यागेको छैनन् । भारतमा सन् २०१७ मा भएको निर्वाचनमा मतदाता नामावलीमा रमेशको नाम रहेको छ । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५३७ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा नारायण निवास घर रहेको छ ।
रमेशको बाबु लगनलाल शर्मा हुन् । बाबुको पनि नेपाल र भारत दुवै देशको नागरिकता रहेको पाइएको छ । छगनलालको इनरुवा बजारमा घर रहेको छ । कपडाको व्यापार गर्ने छगनलाल विवादमा मुछिएपछि अहिले पसल छोडेका छन् ।
छगनलाले ३४ वर्षको उमेरमा २०३४ माघ १९ गते नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६÷२७१९ रहेको छ । उनले भारतको नागरिकता पनि त्यागेका छैनन् । भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५१९ रहेको छ । छगनलालसँग भारतको रासन कार्ड समेत छ ।
छगनलालले लिएको रासन कार्डको नम्बर २०००००१०८३५८ रहेको छ । उनले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधान सभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ । छगनलालको रमेश जेठा छोरा हुन् । प्रहरीले छोरा रमेशलाई पक्राउ गरेपछि बाबु छगनलाल फरार रहेका छन् ।

