लोड हुँदैछ...

मेनु

विराटनगरमा दुई दिने शैक्षिक मेला हुने

विराटनगरमा दुई दिने शैक्षिक मेला हुने

विराटनगर ।भारतका विश्वविद्यालयहरुम अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर विराटनगरमा दुई दिने शैक्षिक मेला आयोजना हुने भएको छ ।

विराटनगरको बिग होटलमा अफेयर्स नेपाल प्रालिको आयोजनामा असार १० र ११ गते ‘स्टडी इन इन्डिया एक्स्पो’ सञ्चालन हुन लागेको हो ।
‘स्टडी इन इन्डिया एक्स्पो’ को नाममा हुन लागेको शैक्षिक मेलामा भारतका नाम चलेका २० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरुकहो सहभागिता रहने आयोजकले जनाएको छ । मेलाबाट कुन विषय अध्ययन गर्ने र कस्ता कस्ता कोर्षहरु छन् भन्ने विषयमा जानकारी दिने भएकोले विद्यार्थीहरुका लागि लाभदायक हुने बताइएको छ ।

शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलियाले बताए ।

शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्प आदिका बारेमा जानकारी दिइने छ ।

‘शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष कुराकानी र पढाइको विषयमा जानकारी लिन सक्नेछन,’ उनले भने, ‘स्थानीयस्तरमै भारतका प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेला आयोजना गर्न लागेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।